नेपालले हङकङलाई दियो सामान्य रनको लक्ष्य-Sutra News

नेपालले हङकङलाई दियो सामान्य रनको लक्ष्य

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । नेपालले हङकङलाई १४० रनको सामान्य लक्ष्य दिएको छ । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले १३९ रन बनाएको हो ।



नेपालका लागि दीपेन्द्र सिंह ऐरी सर्वाधिक ४४ रन बनाए । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २२ रन र कप्तान रोहित पौडेलले २१ रन बनाए ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई शून्य रन गुमाएको थियो । उनी लगातार दोस्रो खेलमा डकमा आउट भएका हुन् ।

यस्तै, दोस्रो विकेटका रुपमा सोमपाल कामी आउट भए । उनले सात बलमा दुई चौकाको मद्दतमा १२ रन बनाएर पेभिलियन फर्किए । उनी आयुश शुक्लाको बलमा आउट भए ।

नेपालले तेस्रो विकेटका रुपमा ओपन आसिफ शेखलाई गुमाएको हो । उनले ११ बल खेलेर जम्मा पाँच रन मात्रै बनाए । नेपालका लागि अन्य खेलाडीले दोहोरो अंकमा राम्रो रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट