सुनचाँदीको मूल्यमा लगातार भारी गिरावट-Sutra News

सुनचाँदीको मूल्यमा लगातार भारी गिरावट

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा लगातार भारी गिरावट आएको छ । अघिल्लो दिन तोलामै ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामै दुई हजार सात सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनको बीचमा मात्रै सुनको मूल्यमा तीन हजार आठ सय रुपैयाँले घटेको छ ।

मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य एक लाख ३४५ हजार आठ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्यमा भारी गिरावट आउँदा चाँदीको मूल्य पनि उसैगरी घटेको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले घटेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घट्दै चाँदी प्रतितोला एक हजार छ सय ६० रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट