लम्जुङको भुजुङमा पुगेर ‘भाइरल गोर्खे’को शुभ मुहुर्त-Sutra News

लम्जुङको भुजुङमा पुगेर ‘भाइरल गोर्खे’को शुभ मुहुर्त

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’को शुभ मुहुर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकार सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् ।



शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाइएको जानकारी दिए ।

यस क्रममा फिल्मका नायक सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा फरक देख्न सकिने बताए । सामान्य कथालाई उत्कृष्ट ढंगले बुनिएको भन्दै दर्शकले चलचित्र रुचाउने उनको दाबी थियो ।

चलचित्रमा सौगात र लक्ष्मीसँँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङलगायतको पनि मुख्य भूमिका छ । लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको चलचित्रमा अमर महर्जनको छायांकन रहने छ ।

द जीएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायांकन लमजुङक भुजुङ गाउँमा हुनेछ । साथै, गोरखा र चितवनमा पनि छायांकन हुने निर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट