फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो आजको मूल्य ?-Sutra News

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो आजको मूल्य ?

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।



मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । बिहीबार ६०० रुपैयाँले गिरावट भएर एक लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँले वृद्धि हुँदै एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट