पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता-Sutra News

पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१
Shanghai urban skyline and the bund, China.

काठमाडौं । दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँग ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ ।



चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ । चार जना बेपत्ता छन् ।

स्थानीय समयानुसार मंगलबार बिहान छ बजेसम्म बेपत्ताको खोजीका लागि तीन सयभन्दा धेरै प्रहरी अधिकारी र सामुद्रिक उद्धार टोली पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

विशेषज्ञले तुरुन्तै पुलको प्रारम्भिक मूल्यांकन गरेर मुख्य संरचनामा कुनै स्पष्ट क्षति नभेटिएको जनाएका छन् । नजिकैको जलक्षेत्रमा ट्राफिक नियन्त्रण लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट