गुआङ्गडोङ सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो-Sutra News

गुआङ्गडोङ सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडाैं । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन ।



घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ शहरका अधिकारीहरूले बताएका छन् ।

दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो हवाइ तस्बिरले एक्सप्रेसवेको एकपट्टि ढल्किएको देखाउँछ, जसले गर्दा सवारी साधन दुर्घटनामा परिरहेका छन् ।

अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट