सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको मृत्यु-Sutra News

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको मृत्यु

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको मृत्यु भएको छ । उनको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको हो ।



रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा दुई वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले दाबी गरेका थिए ।

प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए । यसअघि सुँगुरको मिर्गौला ब्रेन डेड व्यक्तिको शरीरमा मात्रै प्रत्यारोपण गरिन्थ्यो ।

सुँगुरको मुटु पनि दुई जनामा ​​प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनीहरूको मृत्यु भइसकेको छ । रिचर्डको पहिलो मिर्गौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मिर्गौला पनि फेल भएर फेरि डायलासिस गर्नु परेको थियो ।

रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।

हाल अमेरिकामा करिब एक लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मिर्गौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट