अरविन्द केजरीवाल जमानतमा रिहा, चुनावी प्रचारका सहभागि हुन पाउने-Sutra News

अरविन्द केजरीवाल जमानतमा रिहा, चुनावी प्रचारका सहभागि हुन पाउने

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडाैं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवाललाई भारतकाे सर्वोच्च अदालतले ठूलो राहत दिएको छ । अदालतले शुक्रबार केजरीवाललाई जुन १ गतेसम्मका लागि जमानतमा रिहा गरेकाे छ ।



सुनुवाइका क्रममा अदालतले सबै तर्क सुनेर जुन १ गतेसम्मका लागि रिहा गरेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच, केजरीवालका वकिल अभिषेक मनु सिंघवीले केजरीवालकाे जुलाईसम्म सुनुवाइको माग गरेका छन्। यस सम्बन्धमा भने सर्वोच्च अदालतले आगामी साताकाे समय दिएकाे छ ।

केजरीवालका वकिलले अन्तरिम जमानत दिँदा सर्वोच्च अदालतले चुनावी अभियानमा कुनै प्रतिबन्ध नलगाइएको बताएका छन् । यसरी केजरीवाल अब पञ्जाब, हरियाणा र दिल्लीमा चुनाव प्रचारमा देखिनेछन्।

केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी)ले गत मार्च २१ मा पक्राउ गरेको थियो।

अरविन्द केजरीवाल जेलबाट कहिले निस्किन्छन् ?

केजरीवालको तर्फबाट सर्वोच्च अदालतका वकिल शादान फरासातले अदालतले निकै छोटो मौखिक आदेश दिएको बताए । ‘हामीले अहिलेसम्म अर्डर पढेका छैनौं, यो छिट्टै अपलोड हुनेछ। अदालतले आफ्नो आदेशमा अरविन्द केजरीवाललाई अन्तरिम राहत दिने बताएको छ। यो आदेश जुन २ गतेसम्म कायम रहनेछ’, सञ्चारमाध्यमलाई उनले भनेका छन् ।

केजरीवाल रिहा हुँदा आम आदमी पार्टीलाई कस्तो फाइदा ?

वास्तवमा, अरविन्द केजरीवाल जेलबाट बाहिर आउँदैछन् जब दिल्ली, पञ्जाब र हरियाणा जस्ता राज्यहरूमा मतदान हुन बाँकी छ। आम आदमी पार्टीले दिल्ली, पञ्जाब, हरियाणा, गुजरात र असम जस्ता राज्यमा कुल २२ सिटमा लोकसभा चुनाव लडिरहेको छ।

आप गुजरातका दुई र असमको दुई सिटमा चुनाव लडिरहेको थियो, जहाँ केजरीवाल जेलमा हुँदा मतदान भएको थियो। यसरी अब उनको ध्यान बाँकी १८ सिटमा छ ।

यी १८ सीटहरू भएका ठाउँमा आप धेरै बलियो छ। जसमा दिल्लीका चार सिट र पञ्जाबका १३ सिट समावेश छन्। भारतीय सञ्चार माध्यमकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट