जापानमा ९० लाख घर खाली बन्यो-Sutra News

जापानमा ९० लाख घर खाली बन्यो

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । जापानमा खाली घरको संख्या सन् २०२३ अक्टोबरसम्म ९० लाख पुगेको छ । यो संख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।



उक्त संख्या जापानमा कूल घर संख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मंगलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।

स्रोतले घर खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घर उनीको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरमध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् । तीन लाख ३० हजार बिक्रीका लागि छन् । त्यसैगरी तीन लाख ८० हजार खाली घर छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् ।

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ । सन् १९७३ मा खाली घरको संख्या एक लाख ७२ हजार थियो । जुन कुल घरहरूको ५.५ प्रतिशत हो ।

मन्त्रालयको तथ्यांकअनुसार सन् १९९३ मा यो संख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो संख्या बढेर दोब्बर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट