राजेश हमाललाई फ्यानहरूले भने- अब त बुढो भइसक्यो, छिटो बच्चा चाहियो-Sutra News

राजेश हमाललाई फ्यानहरूले भने- अब त बुढो भइसक्यो, छिटो बच्चा चाहियो

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । महानायक राजेश हमाल फेरि फ्यानहरूको प्रश्न घेरिएका छन् । उनलाई कहिले पिता बन्ने भन्दै प्रश्न गरिएको हो ।



यही जेठमा उनी ६१ वर्ष लाग्ने छन् भने विवाह गरेको १० वर्ष लाग्दै छ । उनलाई विवाह नगर्दासम्म कहिले विवाह गर्ने भन्दै प्रश्न आउने गरेको थियो ।

विवाहबारे मिडियादेखि शुभचिन्तकसम्म प्रश्न आउँदै गर्दा सबैलाई चुप लाग्न बाध्य बनाएका उनले फेरि अर्को प्रश्नको सामना गर्नु पर्ने भएको हो । उनले लामो समयसम्म प्रेममा रहेकी मधु भट्टराईसँग विवाह गरेका थिए ।

आफू भर्खर १६ वर्ष लागेको बताउँदै बच्चा पाउन हतार नगर्ने भन्ने हमाललाई चाँडो बच्चा पाउन सुझाव दिएका छन् । उनलाई फ्यानहरूले अब शरीरको शोभन्दा पनि बच्चा वा भाञ्जाभाञ्जी दिनु पर्यो भन्दै माग राखेका छन् ।

गत शनिबार महानायक राजेश हमालले श्रीमती मधुसँग रमाउँदै लञ्च गरिरहेको तस्बीर शेयर गरेका थिए । सोही तस्बीरमा फ्यानहरूले बच्चा पाउन आग्रह गरेका हुन् ।

उनको तस्बीरमा अधिकांश फ्यानले ‘अब त बुढो भइसक्यो दाइ, छिटो बच्चा चाहियो’ भनेका छन् । उनलाई श्रीमती ‘मधु बोजु’ले छाडेर जालिन् भनेर ट्रोल गर्नसम्म भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट