छोरी भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले हान्यो नौ राउण्ड अश्रुग्यास-Sutra News

छोरी भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले हान्यो नौ राउण्ड अश्रुग्यास

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । छोरी पोइल गएको (भागेको) भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा छोरी अरूसँग भागेको भन्दै परिवारले सडक अवरुद्ध गरेको हो ।



अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार सात राउण्ड सशस्त्र प्रहरी र २ राउण्ड नेपाल प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

छोरी भागेको भन्दै परिवारले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन जना घाइते भएका छन् ।

यस्तै प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडीमा तोडफोड गर्ने र प्रहरीमाथि ढुंगामुडा चलाउने पाँन जना नियन्त्रणमा छन् ।

दुई परिवारका दुई नाबालक छोरी भागेपछि पीडितहरूले दिएको जाहेरीअनुसार ५ जनाविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट