लगातारको गिरावटपछि शेयर बजारमा बृद्धि, कारोबार रकममा पनि सुधार-Sutra News

लगातारको गिरावटपछि शेयर बजारमा बृद्धि, कारोबार रकममा पनि सुधार

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडौं । लगातारको गिरावटका बीच साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आइतबार १२.२९ अंकले बढ्दै शेयर बजार १९८४.४३ को बिन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



बजार बढेसँगै यस दिन कारोबारमा आएका २४५ कम्पनीमध्ये १७६ को मूल्य बढेको स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन ६३ कम्पनीको मूल्यमा भने केही गिरावट आएको छ ।

बजार बढेसँगै कारोबार रकम पनि बढेको स्टक एक्सचेन्जले जनाएको छ । यस दिन ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब २५ करोड ९९ लाख रुपैयाँको भएको जनाइएको छ ।

यस दिन सर्वाधिक डोल्टी पावर, एनआइसी लघुवित्त, रुरु जलविद्युत, उपर हेवाखोला र सर्वोत्तम सिमेन्टको मूल्यमा बृद्धि भएको छ । डोल्टीको ९.८८ प्रतिशतले मूल्य बढेको स्टक एक्सचेन्जले जनाएको छ ।

दिन सबैभन्दा बढी गोरखा फाइनान्सको शेयर खरिद–बिक्री भएको स्टक एक्सचेन्जले जनाएको छ । गोरखा फाइनान्सको एक लाख २९ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १० करोड २१ लाख ३७ हजार रुपैयाँको भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट