क्यान्सरसँग लड्न र स्वस्थ कोशिकाहरूलाई बचाउन नयाँ इम्युनोथेरापी-Sutra News

क्यान्सरसँग लड्न र स्वस्थ कोशिकाहरूलाई बचाउन नयाँ इम्युनोथेरापी

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

अमेरिकी अनुसन्धानकर्ताहरूले नयाँ इम्युनोथेरापी प्रविधि विकास गरेका छन्, जसले साइटोकाइन प्रोटिनलाई सम्भावित उपचारको रूपमा प्रयोग गर्ने बताइएकाे छ । विज्ञहरूका अनुसार जुन पद्धतिबाट स्वस्थ कोशिकाहरूलाई हानि नगरी ट्युमरहरूलाई प्रभावकारी उपचार गर्नेछ ।



साइटोकाइनहरू सानो प्रोटीन अणुहरू हुन्, जसले शरीरमा घाउ नियन्त्रण गर्न मद्दत गर्दछ। तिनीहरू क्यान्सरसँग लड्न र उपचारको प्रभावकारिता सुधार गर्न शरीरको प्रतिरक्षा कोशिकाहरूद्वारा जारी गरिन्छ।

बताइएअनुसार भर्जिनिया टेक कलेज अफ इन्जिनियरिङको टोलीले विकास गरेकाे नयाँ प्रविधिकाे प्रयाेगले ट्युमरलाई अन्य तन्तु अंगहरूमा फैलिनबाट राेक्ने बताइएकाे छ । साइटोकिन्सको संरचना र प्रतिक्रियाशीलताको स्तरलाई पनि सुरक्षित राख्ने जनाइएकाे छ । ताकि शरीरको बाँकी भागमा विषाक्तता नपरोस्।

किमोथेरापीले स्वस्थ कोशिकाहरू र क्यान्सर कोशिकाहरू बीच भेद गर्न सक्दैन, यसले शरीरका सबै कोशिकाहरूलाई असर गर्ने भएकाले कपाल झर्ने र थकान जस्ता साइड इफेक्टहरू निम्त्याउँछ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट