वैदेशिक व्यापार घाटा १० खर्बमाथि, कुनसँगको व्यापारमा कति घाटा ?-Sutra News

वैदेशिक व्यापार घाटा १० खर्बमाथि, कुनसँगको व्यापारमा कति घाटा ?

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो ।



विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको व्यापारमा भएको छ । विभागले जनाएअनुसार १० महिनाको बीचमा भारतसँग ८ खर्ब ७ अर्ब ५१ करोड बढीको व्यापार हुँदा व्यापार घाटा छ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ बढीको भएको छ । योबीचमा भारतबाट ७ खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको र भारततर्फ जम्मा ७७ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

भारतपछि सबैभन्दा बढी व्यापार घाटा हुने देशमा चीन पर्दछ । १० महिनाको बीचमा चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार घाटा भएको विभागले जनाएको छ । २ खर्ब १८ अर्ब ८८ करोड रुपैयाँ बढीको व्यापारमा सो व्यापार घाटा भएको हो ।

कुनसँगको व्यापारमा कति घाटा ?

भारत : ६ खर्ब ६१ अर्ब ८० करोड

चीन : २ खर्ब १४ अर्ब ६५ करोड

युएई : १८ अर्ब ५२ करोड

युक्रेन : १४ अर्ब ९० करोड

मलेसिया : १४ अर्ब १६ करोड

अष्ट्रेलिया : ९ अर्ब ५ करोड

फ्रान्स : ८ अर्ब ९८ करोड

इन्डोनेसिया : ८ अर्ब ६४ करोड

अर्जेन्टिना : ८ अर्ब ६२ करोड

थाइल्याण्ड : ६ अर्ब ३१ करोड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट