कतारी राजालाई विमानस्थलमा भव्य सम्मान, पुगे सबै मन्त्रीहरू (तस्बीरहरू)-Sutra News

कतारी राजालाई विमानस्थलमा भव्य सम्मान, पुगे सबै मन्त्रीहरू (तस्बीरहरू)

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । कतारका राजा शेख तमिम विन हमाद अल थानी दुई दिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।



राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजा थानी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी सीधै विशेष विमानमार्फत नेपाल आइपुगेका हुन् । यस अवसरमा उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

कतारका राजाले राष्ट्रपति रामचन्द्र पौडेलसँग अपराह्न ५ः३५ मा द्विपक्षीय वार्ता गर्ने छन् । उनीहरूबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भेट गर्ने भएका हुन् ।

राजाका लागि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट