इन्द्रजात्रा हेर्न हिँडेरै बसन्तपुर पुगे राष्ट्रपतिसहित सबै भिभिआइपीहरू (तस्बिरसहित)-Sutra News

इन्द्रजात्रा हेर्न हिँडेरै बसन्तपुर पुगे राष्ट्रपतिसहित सबै भिभिआइपीहरू (तस्बिरसहित)

बिहिबार, ११ असोज २०८०

बिहिबार, ११ असोज २०८०

काठमाडौं । हरेक वर्ष काठमाडौंको हनुमानढोका दरबार परिसरमा मनाइने इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेलदेखि सबै भिभिआइपीहरु हिँडेरै पुगेका छन् ।



सबै भिभिआइपीहरू न्युरोडस्थित जुद्धशम्शेरको शालिकदेखि बसन्तपुरसम्म हिँडेरै पुगेका हुन् ।

इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत पुगेका छन् ।

इन्द्रजात्रा हेर्न पुगेकाहरुलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्व हरेक वर्ष यसैगरी मनाइने गरिन्छ ।

सबै तस्बिरहरू : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट