यदि कलेजाेमा समस्या छ भने यी अंगहरूमा देखिनेछ संकेत-Sutra News

यदि कलेजाेमा समस्या छ भने यी अंगहरूमा देखिनेछ संकेत

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

कलेजोमा बोसो जम्मा हुनु धेरै गम्भीर रोगहरूको सुरुवातको संकेत हुन सक्छ। फ्याटी लिभर डिजिज दुई प्रकारका हुन्छन्, पहिलो जो अत्याधिक मदिरा सेवनले हुन्छ र दोस्रो जो खराब जीवनशैली, मोटोपना र मधुमेहका कारणले हुन्छ ।



कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील अंगमा पर्दछ । यसले रगत फिल्टर गर्ने, बोसो बचाउने र फोहोर हटाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले कलेजो रोग लागेमा शरीरले राम्ररी काम गर्न नसक्दा गम्भीर रोगकाे जाेखिम बढ्छ । कलेजाेमा समस्या बढ्दै जाँदा क्यान्सरकाे रूप लिने पनि सम्भावना अधिक हुन्छ ।

फ्याटी लिभर रोग बढ्दै गएको संकेत

खुट्टा सुन्निने: कलेजाे समस्याग्रस्त हुँदा खुट्टा वरपरका तन्तुहरूमा तरल पदार्थ जम्मा हुन थाल्छ । खुट्टा वरपर सुन्निएकाे देखिन्छ ।

पेट फुल्नु: कलेजोकाे समस्या बढ्रदा पेटमा पानी जम्मा हुन थाल्छ, । जसले पेट फुल्ने समस्या निम्त्याउँछ। यसलाई सिरोसिस र क्यान्सर पनि भनिन्छ।

छाला सुन्निने: हात र खुट्टाको दुखाइकाे अतिरिक्त, छालाहरू सुन्निने र छालाहरूमा घाउ हुने समस्या पनि हुन सक्छ। यसबाहेक अनुहार पनि सुन्निन थाल्छ ।

कलेजाे जाेगाउने उपाय

यदि तपाईं कलेजाे जाेगाउन चाहनुहुन्छ भने आफ्नो तौल नियन्त्रण गर्नुहोस्। यसका लागि हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्नुहाेस् । कम बोसोयुक्त आहार लिनुहोस्।

कार्बोहाइड्रेट युक्त खानेकुराहरू (सेतो चामल, आलु, सेतो रोटी) कम गर्नुहोस् र धेरै धेरै जुस पिउनुहाेस् । मदिरा र धुम्रपानको सेवन नगर्नुहोस्। एजेन्सीकाे सहयाेगमा

नाेट : यहाँ जे लेखिएकाे भएपनि चिकित्सकसँगकाे परामर्शमा निर्णय लिन हाम्राे आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट