राजेश पायल राईले विरामी भएको नाटक गरी गीत नगाई भाग्न खोजेपछि…-Sutra News

राजेश पायल राईले विरामी भएको नाटक गरी गीत नगाई भाग्न खोजेपछि…

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताएका गायक राजेश पायल राईको क्रेज अहिले पनि उस्तै छ । जस्तोसुकै गीत पनि सजिलै गाउन सक्ने उनी पाँच घण्टामा नौ गीत रेकर्ड गर्ने पहिलो गायकका रुपमा समेत परिचित छन् ।



कठिन लय भएका गीतसमेत सजिलै गाउन माहिर गायक राई अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’को गीत नगाई भाग्न खोजेको बताउँछन् । सोमबार फिल्मको टिजर सार्वजनिक कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

आगामी जेठ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको नवीन सुब्बा निर्देशित यो फिल्मको गीतमा गायक राईले पनि स्वर दिएका छन् । सुरुवातमा फिल्मको गीत गाउन लगाइएको क्षण सम्झिँदै उनले विरामी भएको नाटक गरेर भाग्न खोजेको कुरा बताएका हुन् ।

त्यसो त दयाहाङले नै अभिनय गरेका अन्य फिल्ममा गायक राईले स्वर दिएका छन् । उनले फिल्म ‘गाउँ आएको बाटो’का लागि गीत गाउन नपरोस् भनेर बिरामी भएको नाटक पारेर भाग्न खोजेको आखिर किन उनले यो सब गर्न खोजे प्रश्न उठ्छ ।

वास्तवमा फिल्मको ‘आलाङ्गमे’ बोलको गीत गाउन निकै कठिन भएकाले गायक राईले आफू विरामी भएको नाटक पारेर भागौँ कि जस्तो लागेको सुनाए ।

उनले यस क्रममा आफूलाई कुनै पनि गीत गाउन १०-१५ मिनेट मात्र लाग्ने बताउँदै यो गीत गाउन जीवनकै लामो समय लागेको स्मरण गरे । पाँच घण्टामै नौ वटा गीत गाएर रेकर्ड राखेका उनलाई यो गीत गाउन करिब ६ घण्टा लागेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट