सुनको मूल्यमा फेरि नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडौं । एकपछि अर्को रेकर्ड बनाइरहेको सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ४० हजार दुई सय रुपैयाँ छ ।

यसअघि सुनको मूल्यले एक लाख ४० हजारसम्मको रेकर्ड बनाएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि रेकर्ड राख्ने गरी बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परेको महासंघको भनाई छ । जसको प्रभावस्वरुप स्थानीय बजारमा पनि मूल्य बढिरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट