यी कुराकाे सेवन गरेमा पिसाब पाेल्ने समस्याबाट पाउन सकिन्छ मुक्ति-Sutra News

यी कुराकाे सेवन गरेमा पिसाब पाेल्ने समस्याबाट पाउन सकिन्छ मुक्ति

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

सायद, सबैले कहिलेकाहीँ पिसाब पाेल्ने समस्याकाे सामना गरेकाे हुनुपर्छ। पिसाब गर्दा दुख्ने र जलन महसुस हुनुलाई मेडिकल भाषामा डिसुरिया भनिन्छ। यो एक प्रकारको संक्रामक रोग हो। पुरुषको तुलनामा महिलाहरु यो रोगबाट बढी पीडित हुन्छन् । तर, यो एक धेरै सामान्य समस्या हो जुन लगभग ५० प्रतिशत महिलाहरूले सामना गरिरहेका छन्।



आज हामी पाठकहरूलाई केही यस्ता घरेलु उपायहरूबारे बताउन गइरहेका छौं, जसको प्रयोग गरेर यो समस्याबाट मुक्ति पाउन सकिन्छ । तर, यो समस्याका लागि महिला र पुरुष दुवैले चिकित्सकसँग परामर्श लिनुपर्छ । सकेसम्म धेरै पानी पिउनुपर्छ ।

सामान्यतयाः शरीरमा पानीको कमीका कारण यस्तो समस्या हुने गर्छ । शरीरमा पानीको कमी हुँदा पिसाबको रंग पहेँलो हुन्छ । जसकारण शरीरमा पानीको मात्रा सधैँ उच्च राख्नुहोस्, यसले तपाईंलाई पिसाब गर्दा दुखाइ वा जलनबाट राहत दिन्छ।

पानीले तपाईंको शरीरबाट ब्याक्टेरिया र विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ। साथै, पानीले डिहाइड्रेसनको समस्या पनि हटाउँछ । डिहाइड्रेशनले तपाईंको अवस्था खराब बनाउन सक्छ, त्यसैले पानी पिउनुहोस्।

पानीले तपाईंको शरीरको तापक्रम नियन्त्रण गर्छ र पिसाब फेर्न सक्ने क्षमता बढाउँछ।

ल्वाङकाे सेवन

ल्वाङ एउटा मात्र होइन धेरै स्वास्थ्य समस्याका लागि फाइदाजनक मानिन्छ । ल्वाङ ताैल घटाउन र रुघाखोकीका लागि निकै राम्रो मानिन्छ ।

यसमा एन्टी-इन्फ्लेमेटरी र एन्टी-ब्याक्टेरियल गुणहरू छन्, जसले संक्रमण-सम्बन्धित समस्याहरू लड्न, ब्याक्टेरिया, भाइरस र परजीवीहरूलाई मार्छ।

तर, ल्वाङको अत्याधिक सेवन शरीरका लागि सुरक्षित मानिँदैन । ल्वाङ खानुअघि चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । ल्वाङलाई तातो पानीमा मिसाएर सेवन गर्न सक्नुहुन्छ। यो पानी लगभग दुई हप्तासम्म पिउनुहोस्।

भिटामिन सी युक्त फलफूल

यो समस्याबाट बच्न फलफूलको ठूलो महत्व हुन्छ । यसका लागि भिटामिन सी प्रचुर मात्रामा हुने फलफूलहरू खानुपर्छ । यसका साथै अमला, सुन्तला आदिको सेवन गर्न सक्नुहुन्छ ।

अलैंचीकाे प्रयाेग

अलैंची औषधिको रूपमा मात्र नभइ, धेरै गम्भीर समस्याहरूको उपचारमा पनि महत्वपूर्ण छ । यसको सेवनले डिसुरिया वा यूटीआईका लक्षणहरू कम गर्न सकिन्छ।

अलैंचीमा प्राकृतिक मूत्रवर्धक गुण हुन्छ, जसको बारेमा कमैलाई थाहा हुन्छ । मृगौलाको कामलाई सहज बनाउन अलैंचीको सेवन गर्नुपर्छ । यसको सेवनले पिसाबको समयमा हुने जलनलाई शान्त गराउँछ। दूधमा अलैंची मिसाएर दैनिक सेवन गर्न सकिन्छ ।

काँक्राे

काँक्राेको सलाद मात्रै हाेइन, याे एक औषधि पनि हाे । यसमा ९५% पानी हुन्छ, जसको मद्दतले तपाईंको शरीर हाइड्रेटेड रहन्छ र हानिकारक टक्सिन पनि टाढा रहन्छ।

यसका साथै यसको शीतलता प्रभावका कारण शरीरको तापक्रम सामान्य रहन्छ । पिसाबसम्बन्धी समस्यालाई हल गर्न यसले निकै प्रभावकारी भूमिका खेल्छ । एजेन्सीबाट

नाेट : यहाँ जे लेखिएकाे भएपनि चिकित्सकसँगकाे परामर्शमा निर्णय लिन हाम्राे आग्रह छ । सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट