जसपाबाट फुटेर बनेको नयाँ दल निर्वाचन आयोगमा दर्ता-Sutra News

जसपाबाट फुटेर बनेको नयाँ दल निर्वाचन आयोगमा दर्ता

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।



जसपा नेपालबाट फुटेको अशोक राई नेतृत्वको समूहले निर्वाचन आयोगमा दिएको निवेदनका आधारमा जनता समाजवादी पार्टी दल दर्ता भएको हो ।

आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन परेको थियो ।

यता, जसपाले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भएको जनाएको छ । सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकीर गरेका थिए ।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ, यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट