यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर-Sutra News

यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ ।



विश्वको प्रतिष्ठित मानिने टोरोन्ट, बुसान, मुम्बईलगायत फिल्म फेस्टिभलहरूमा प्रिमियर भएको यो फिल्म विदेशी बजारमा जाने क्रम जारी छ भने जेठ २५ गतेदेखि नेपालमा सार्वजनिक प्रदर्शनमा समेत आउन लागेको छ ।

हालै स्विडेनको ‘एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट भएको यो फिल्मको टिजरमा गाउँमा गाडी आएपछिको खुशीलाई समेटिएको छ ।  नेपालबाट एजियास्टिकामा पहिलो पटक नेपाली फिल्मले प्रवेश पाएको हो ।

नवीन सुब्बा निर्देशित राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यस फिल्मले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गर्छ। जसमा धरानबाट एक विकट गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिको कथालाई यो फिल्मले देखाएको छ ।

फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतको पनि अभिनय रहेको छ । फिल्ममा अमोद राई र नबिन सुब्बाको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । महेश राइको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । यस फिल्मलाई अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् । फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत छ ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सीज इन्टरटेन्मेन्टले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट