डीभी परेका नेपालीलाई थप जानकारी दिँदै अमेरिका-Sutra News

डीभी परेका नेपालीलाई थप जानकारी दिँदै अमेरिका

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । अमेरिकी सरकारले दिँदै आएको डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक भएसँगै दूतावासले थप जानकारी दिने भएको छ ।



डीभी नतिजा सार्वजनिक भएसँगै भिसा पाउन सफल भएकाहरूलाई अब के गर्ने ? भन्ने चिन्ता भएको अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले थप जानकारी दिने भएको हो ।

दूतावासले एक सूचना जारी गर्दै आफूहरूले डीभी परेकाहरूका लागि सहजीकरण गर्न लागेको जानकारी दिएको हो । अमेरिकी दूतावासले डीभी परेका नेपालीका जिज्ञासा मेटाउन मंगलबार ‘कन्सुलर डाइभर्सिटी भिसा च्याट’ गर्न लागेको हो ।

उक्त संवादमा डीभी भिसा २०२५ सँग सम्बन्धित प्रश्नहरूका जवाफ दिइने दूतावासले जनाएको छ । दूतावासका कन्सुलर अधिकारीले २५ वैशाखको दिउँसो २ देखि ३ बजेसम्म दूतावासको फेसबुक पेजमा लाइभ गरी जवाफ दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट