भारी वर्षाका कारण भारतमा विद्यालय बन्द-Sutra News

भारी वर्षाका कारण भारतमा विद्यालय बन्द

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था बन्द गरिएको राज्यका मुख्यमन्त्री एन. विरेनले जानकारी दिए ।



राज्यमा विगत दुई दिनदेखि विशेष गरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । इम्फाल पश्चिम क्षेत्रको काञ्चिपुर र तेरालगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेकाले धेरै घर र सवारी साधनमा क्षति पुगेको द हिन्दू अखबारले रिपोर्ट गरेको छ ।

इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्लामध्ये एक हो । यो राज्यको सबैभन्दा जनसंख्या भएको जिल्लासमेत हो । राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कूल र कलेजहरू बन्द रहने छन् ।

वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट