मन्त्रिपरिषद्को निर्णय- राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद थप-Sutra News

मन्त्रिपरिषद्को निर्णय- राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद थप

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।



सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते म्याद सकिन लागेकाले समितिको म्याद एक वर्ष थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिले गठन आदेशका भरमा रक्षा मन्त्रालयमार्फत पूर्वाधारसम्बन्धी काम गर्दै आएको शर्माले बताइन् ।

यसअघि चार वर्षका लागि तोकिएको समयको म्याद सकिन लागेको अवस्थामा विधेयक र कानून नबनेकाले पुनः एक वर्ष म्याद थप गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट