नेपाललाई जित निकाल्न वेष्ट इण्डिज ‘ए’ले दियो १६१ रनको लक्ष्य-Sutra News

नेपाललाई जित निकाल्न वेष्ट इण्डिज ‘ए’ले दियो १६१ रनको लक्ष्य

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । घरेलु टोली नेपाललाई वेष्ट इण्डिज ‘ए’ले १६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित ओभर खेल्दै १६० रन बनाएको हो ।



ब्याटिङतर्फ वेष्ट इण्डिज ‘ए’का आन्द्रे फ्लेट्चेरले सर्वाधिक ४३ रन बनाए । यस क्रममा उनले तीन छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोस्टन चेसले २२ बलमा २३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुरुदेखि नै वेष्ट इण्डिज ‘ए’लाई दबाबमा राखेको नेपालले तेस्रो ओभरमा दुई विकेट लिएको थियो । नेपालका लागि सागर ढकालले तेस्रो ओभरमा दुई विकेट लिँदै दुवै ओपनरलाई आउट गरेका थिए ।

यस्तै, कुशल भुर्तेलले वेष्ट इण्डिज ‘ए’का कप्तान चेश र केञ्ची कार्टीको विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे । हायडेन वाल्स रन आउट भएका थिए ।

यसअघि शनिबार भएको पहिलो टी २० खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट शतकीय पारी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट