बझाङमा नेकपा एमालेको सुरुवाती अग्रता, कसको मत कति ?-Sutra News

बझाङमा नेकपा एमालेको सुरुवाती अग्रता, कसको मत कति ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।



कूल ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाए । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह छन् । उनले ५१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले एक मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट