बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न-Sutra News

बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ ।



जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणाम अनुसार एक हजार ६९२ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८०, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले २२६ मत पाएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काको नौ मत प्राप्त गएका छन् भने २८ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट