बैंकको ब्याजदर घट्दा शेयर बजारमा उत्साह-Sutra News

बैंकको ब्याजदर घट्दा शेयर बजारमा उत्साह

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । शेयर बजार कारोबार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बैंकिङ समूहको सूचक ३.२१ प्रतिशतले उकालो लाग्दा नेप्से सूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ ।



आज कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन तीन अर्ब १५ करोडको शेयर खरिद बिक्री भएकोमा आज ४५ हजार ८२८ पटकको कारोबारमा तीन अर्ब ४० करोड रुपैयाँ पुगेको हो । आज ९५ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ ।

यस्तै, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । आज वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

आजको कुमारी बैंक, माछापुच्छ्रे, लक्ष्मी सनराइज, प्रभु, एसबिआई, हिमालयनलगायत बैंकहरूको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज पाँच वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट