इलाम २ मा डम्मरको अग्रता कायमै, पछ्याउँदै सुहाङ-Sutra News

इलाम २ मा डम्मरको अग्रता कायमै, पछ्याउँदै सुहाङ

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । फाकफोकथुम गाउँपालिकाको दुई वडा (१ र २)को मतगणना सकिएको छ ।



दुई वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्काले एक हजार १४५ मतसहित लिएका छन् ।

खड्काले अग्रता लिँदा नेकपा (एमाले)का सुहाङ नेम्वाङ्ग ८१ मतले पछि परेका छन् । पछिल्लो परिणाममा नेम्वाङले १०६३ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३११ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।

सुरुवाती मत परिणामलाई हेर्दा, इलाम–२ मा नेपाली कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट