सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने-Sutra News

सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही आउँदो मे १९ तारिख युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुती दिने कम्पनीले जनाएको छ ।



कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ति श्री परियार र कलाकार अन्जनी अधिकारीले विशेष प्रस्तुती दिने भएका छन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरूलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिलाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट