सुहाङलाई पछि पार्दैै डम्मर खड्काले लिए अग्रता-Sutra News

सुहाङलाई पछि पार्दैै डम्मर खड्काले लिए अग्रता

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । फाकफोकथुम गाउँपालिकाको मतगणना चलिरहँदा नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्काले अग्रता लिएका छन् । एक हजार ५४१ मत गन्दा खड्काले ६५७ मत पाएका छन् ।



यसअघि अग्रता कायम गरेका नेकपा (एमाले)का उम्मेदवार सहाङ नेम्वाङ भने यसपटक भने केही पछि परेका छन् । खड्काले ६५७ मत ल्याउँदा नेम्वाङले ५३४ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले १८७ मत पाएका छन् भने रास्वपा उम्मेदवार मिलन लिम्बुले ११५ मत पाएका छन् ।

सार्वजनिक भएको परिणाम फाकफोक १ को हो । अहिले फाकफोक २ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट