वेस्ट विन्डिज एविरुद्ध नेपालको पहिलो भिडन्त: कस्तो गर्ला प्रदर्शन ?-Sutra News

वेस्ट विन्डिज एविरुद्ध नेपालको पहिलो भिडन्त: कस्तो गर्ला प्रदर्शन ?

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडाैं । आगामी जुन पहिलो सातादेखि संयुक्त राज्य अमेरिका र वेस्ट विन्डिजले संयुक्त रूपमा आयोजना गर्ने टि-२० विश्वकपको तयारीका लागि नेपालले आफ्नै घरेलु मैदानमा वेस्ट विन्डिज ए विरुद्धको पाँच खेलको टि-२० शृङ्खलाको पहिलो खेलमा भाेलि* प्रतिस्पर्धा गर्दैछ ।



भाेलि अपरान्ह १२:१५ देखि सुरु हुने खेलमा नेपालले घरेलु मैदानमा अहिलेसम्मकै सबैभन्दा बलियो टिमको सामना गर्दै छ । इन्डियन प्रीमियर लिग आइपीएल नखेलेका लगभग प्रमुख सबै खेलाडी समेटिएको वेस्ट विन्डिज ए लगभग राष्ट्रिय स्तरकै टिमको रूपमा देखिएको छ ।

नेपाल आएका वेस्ट विन्डिज ए का शीर्ष क्रमका ब्याटर जोनसज चार्ल्स, तिब्र गतिका बलर ओवेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउन्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फवियन एलेन जस्ता वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडी मात्रै होइन, वेस्ट विन्डिजको भविष्य मानिने म्याक्थु फर्ड, केसी कार्टी र एलिक एजानाथ जस्ता खेलाडी समेटिएको टिम वास्तबमै अब्बल देखिएको छ ।

समान दुई पटक एक दिवसीय र टि-२० विश्वकप जितेको क्यारेबियन टोली नेपाल भ्रमण गर्ने हालसम्मकै सबैभन्दा बलियो टोली हो । क्यारेबियन टोली नेपाल भ्रमण आउनु अगाडि नेपाल भ्रमणमा आएका जिम्माब्बे र आयरल्यान्ड ए भन्दा पनि अहिलेको टोली निकै बलियो रहेकाले नेपालले ठूला टिम विरुद्ध कस्तो प्रदर्शन गर्छ भन्ने कुराको प्रारम्भिक तस्वीर पनि आजको खेलले प्रष्ट पार्ने आकंलन गरिएको छ ।

अनुभवी क्यारेबियन प्लेयर रोस्टन चेसले वेस्ट विन्डिजको कप्तानी सम्हाल्दा नेपालको कप्तानी रोहित कुमार पौडेलले सम्हाल्नेछ्न् । वेस्ट विन्डिज ए विरुद्ध प्रतिस्पर्धा गर्न नेपाल क्रीकेट संघ क्यानले बिहीबार नै १६ सदस्यीय नेपाली खेलाडीको घोषणा गरिसकेको छ ।

यसअघि एसीसी प्रीमियर कप खेलेको टोलीलाई निरन्तरता दिंदै बलिङतर्फ आकाश चन्द र ब्याटिङतर्फ आरिफ शेखलाई समेटिएको छ । बलिङतर्फ तीब्र गतिका बलर कमल सिंह ऐरीलाई टोलीमा मौका नदिनु र ब्याटिङ तर्फ खराब फर्ममा रहेका आरिफ शेखलाई पुनः निरन्तरता दिएको भन्दै समर्थहरूले आलोचना गर्दै आएका छन् भने लगातार तीन खेलमा शून्यमा आउट भएका कुशल भुर्तेलको फर्मलाई लिएर नेपाली टिममा चिन्ता थपिएको छ ।

नाेट : यसअघि समाचार अन्यथा भएकाेमा सच्चाइएकाे छ । सं. 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट