भोलि देशभर सार्वजनिक बिदा-Sutra News

भोलि देशभर सार्वजनिक बिदा

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिन लागिएको जानकारी दिइन् । शेख दुई दिनका लागि नेपाल भ्रमणमा आउँदै छन् ।

विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट