ब्याटिङका क्रममा लोकेश बम ‘इञ्जर्ड’, स्ट्रेचरमा राखेर निकालियो-Sutra News

ब्याटिङका क्रममा लोकेश बम ‘इञ्जर्ड’, स्ट्रेचरमा राखेर निकालियो

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । घरेलु टोली भइरहेको खेलमा नेपालका ओपनर लोकेश बम इन्जर्ड (घाइते) भएर बाहिरिएका छन् । वेष्ट इण्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाली टोलीका ओपनर बम घाइते भएका हुन् ।



घाइते हुनुअघि बमले १२ बलमा दुई छक्का र एक चौका हान्दै १७ रन बनाएका थिए । उनलाई क्रिजबाट स्ट्रेचरमा राखेर बाहिर निकालिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित ओभर खेल्दै १६० रन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट