सम्हालिन नसक्दा नेपाल पराजित, वेष्ट इण्डिज १० रनले विजयी-Sutra News

सम्हालिन नसक्दा नेपाल पराजित, वेष्ट इण्डिज १० रनले विजयी

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । घरेलु टोली नेपाललाई वेष्ट इण्डिज ‘ए’ले १० रनले पराजित गरेको छ । जम्मा १६१ रनको लक्ष्य पाएको नेपालले १५० रन मात्रै बनाउन सक्यो ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित ओभर खेल्दै १६० रन बनाएको थियो ।

ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल सर्वाधिक ७१ रनमा नटआउट भए । यस क्रममा उनले ६ चौका र दुई छक्का प्रहार गरे । गुल्सन झाले ११ बलमा २६ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् ।

यस्तै, वेष्ट इण्डिजको ब्याटिङतर्फ आन्द्रे फ्लेट्चेरले सर्वाधिक ४३ रन बनाए । यस क्रममा उनले तीन छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोस्टन चेसले २२ बलमा २३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुरुदेखि नै वेष्ट इण्डिज ‘ए’लाई दबाबमा राखेको नेपाल आफै दबाबमा परेपछि दोस्रो खेलमा पराजित भएको हो ।

वेष्ट इण्डिजले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो । नेपालका लागि सागर ढकालले तेस्रो ओभरमा दुई विकेट लिँदै दुवै ओपनरलाई आउट गरेका थिए ।

यस्तै, कुशल भुर्तेलले वेष्ट इण्डिज ‘ए’का कप्तान चेश र केञ्ची कार्टीको विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे । हायडेन वाल्स रन आउट भएका थिए ।

शनिबार भएको पहिलो टी २० खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट शतकीय पारी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट