अम्पायरसँग बहस गरेका राजस्थानका कप्तानलाई कारवाही-Sutra News

अम्पायरसँग बहस गरेका राजस्थानका कप्तानलाई कारवाही

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । जारी आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई कारवाही गरिएको छ ।



गएराति सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अम्पायरसँग बहस गरेपछि उनलाई म्याच फिको ३० प्रतिशत जरिवाना गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनलाई जरिवाना लगाएको हो ।

दिल्लीविरुद्धको खेलमा सामसन विवादस्पद रुपमा आउट भएका थिए । अम्पायरले विवादस्पद रहेको आउटलाई थर्ड अम्पाएरसँग सल्लाह नगरी आउट दिएको भन्दै बहस गरेका थिए ।

खेलको १६ औँ ओभरमा दिल्लीका बलर मुकेश कुमारको बलमा सञ्जु सामसनले बलियो शट प्रहार गरे, बल सीधा छक्कामा जाँदै थियो तर बाउन्ड्रीमा पोस्ट गरिएका शाइ होपले त्यसलाई क्याच गरे ।

यस क्रममा उनले आफूलाई सीमाना छुनबाट जोगाएको देखियो । सामसन पनि डगआउटतिर जान थालेको बेला क्याच आउटको भिडियो रिप्लेमा प्ले भयो, त्यसपछि विकेटकिपर ब्याट्सम्यान अम्पायरसँग कुरा गर्न आए ।

राजस्थानले २० रनले हारेको यो खेल अम्पायरको सोहि निर्णयका कारण हारेको भन्दै सामाजिक सञ्जालमा अम्पाएरको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट