क्रिकेट टोलीका खेलाडीले जनही १३ लाख पाउने-Sutra News

क्रिकेट टोलीका खेलाडीले जनही १३ लाख पाउने

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सरकारले जनही १३ लाख रुपैयाँ दिने भएको छ ।



बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कूल दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पाउने भएका हुन् ।

गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले कूल दुई करोड चार लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

क्रिकेटतर्फ १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट