कांग्रेसको ठहर- सभामुखको भूमिका पदीय गरिमाअनुसार भएन-Sutra News

कांग्रेसको ठहर- सभामुखको भूमिका पदीय गरिमाअनुसार भएन

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसद्‌मा सभामुखको भूमिका पदीय गरिमाअनुसार नभएको बताएको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि यस्तो प्रतिक्रिया दिएको हो ।



विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठकअगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका थिए ।

संसद बैठकपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको हो ।

‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट