नेपाललाई दोस्रो बनाएका भलिबल खेलाडी दनै सम्मानित-Sutra News

नेपाललाई दोस्रो बनाएका भलिबल खेलाडी दनै सम्मानित

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । भलिबल खेलाडी इज्जत दनैलाई सम्मान गरिएको छ ।



बंगलादेशको ढाकामा हालै सम्पन्न अण्डर १९ भलिबल प्रतियोगितामा नेपालको राष्ट्रिय टिमलाई दोस्रो स्थान दिलाउन सफल भएको भन्दै उनलाई धादिङमा सम्मान गरिएको हो ।

उनलाई नीलकण्ठ नगर कमिटी र एडभान्स एकेडेमीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बधाई एवं सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै, एमाले नीलकण्ठ नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त पार्टीका उपमहासचिब पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

एडभान्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष अर्जुन गोर्खालीले बधाई एवं सम्मान व्यक्त गरेका थिए । ढाकामा हालै सम्पन्न प्रतियोगितामा नेपाली टोलीमा खेलाडीतर्फ उनीसहित सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ सहभागी भएका थिए ।

टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट