आईपीएलमा सनराइजर्स र लखनउ भिड्दै, दुवैका लागि जित महत्वपूर्ण-Sutra News

आईपीएलमा सनराइजर्स र लखनउ भिड्दै, दुवैका लागि जित महत्वपूर्ण

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल)अन्तर्गत आज सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । हैदरावादमा हुने खेल नेपाली समयमा राति ७ः४५ बजेदेखि शुरु हुनेछ ।



जारी आईपीएलमा सनराइजर्सले ११ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेको छ । सनराइजर्सले ६ जित र ५ हार बेहोरेको छ । त्यस्तै, लखनउले पनि अहिलेसम्म ११ खेलमा १२ अंकसहित पाँचौं स्थानमा रहेको छ । लखनउले पनि ६ जित र ५ हार बेहोरेको छ ।

सनराइजर्स हैदरावाद अष्ट्रेलियाका प्याट कमिन्सको नेतृत्वमा छ । सनराइजर्स भारतीयभन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ ।

सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नु पर्ने देखिन्छ । कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेन्टन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । समान खेलमा विजयी भएको यी दुई टोलीलाई आजको जित महत्वपूर्ण बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट