कांग्रेसको चियापानमा पुगे सबैजसो मुख्य दलका शीर्ष नेता (तस्बिरसहित)-Sutra News

कांग्रेसको चियापानमा पुगे सबैजसो मुख्य दलका शीर्ष नेता (तस्बिरसहित)

शनिबार, ११ कार्तिक २०८०

शनिबार, ११ कार्तिक २०८०

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सबैजसो दलका शीर्ष नेताहरू पुगेका छन् ।



कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा माओवादी नेताहरु सहभागी भएका भए । प्रधानमन्त्री प्रचण्डसहित माओवादीका नेताहरु नेताहरु जनार्दन शर्मा, अग्नि सापकोटालगायत उपस्थित भएका छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेका नेताहरु चियापानमा सहभागि बनेका थिए । कार्यक्रममा ओलीसहित नेताहरु ष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नेताहरु चियापानमा पुगेका छन् । अध्यक्ष नेपालसहित नेता घनश्याम भुसाल लगायत उपस्थित छन् ।

चियापानमा रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाका नेताहरु सहभागि भएका छन् ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुख दमननाथ ढुंगाना, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतका उपस्थित भएका छन् ।

कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।

    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट