बझाङ प्रदेशसभामा कांग्रेस उम्मेदवारभन्दा एमाले उम्मेदवार दोब्बर मतले अगाडि-Sutra News

बझाङ प्रदेशसभामा कांग्रेस उम्मेदवारभन्दा एमाले उम्मेदवार दोब्बर मतले अगाडि

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ प्रदेशसभा उपनिर्वाचनको मतगणनाको परिणाम सार्वजनिक भइरहेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको मतगणना चलिरहँदा नेकपा (एमाले)का उम्मेवार दमन भण्डारीले कांग्रेस उम्मेदवार अविशेक सिंहले भन्दा दोब्बर मतले अग्रता बनाएका छन् ।



पछिल्लो परिणामअनुसार एमालेका भण्डारीले १३०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सिंहले ६५६ मत पाएका छन् । भण्डारीले ६४६ मतले सिंहलाई पछि पारेका छन् ।

यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादी पनि प्रतिस्पर्धामा छ । तर, दुई पार्टीको मत भने निकै कम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट