कांग्रेससँगको मतान्तर घटाउँदै एमाले, स्वतन्त्र र रास्वपा धेरै पछि-Sutra News

कांग्रेससँगको मतान्तर घटाउँदै एमाले, स्वतन्त्र र रास्वपा धेरै पछि

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको रिक्त इलाम–२ को उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले जनाएअनुसार हालसम्म फाकफोकथुमो वडा नम्बर १, २ र ३ को चार हजार १८१ मतको गणना सकिएको छ ।



वडा नम्बर १, २ र ३ को मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार डम्मरबहादुर खड्काले नै अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार खड्काले १६४३ मत ल्याएका छन् ।

मत परिणामअनुसार खड्कालाई एमाले उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले खड्काले भन्दा ४२ मत कम १६०१ मत पाएका छन् ।

तीन वडाको परिणाममा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिँदा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपा उम्मेदवार मिलन लिम्बुबीच तेस्रोको लागि प्रतिस्पर्धा भइरहेको देखिन्छ । थेगिमले ४३७ मत पाउँदा लिम्बुले ३०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट