सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’-Sutra News

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार पेशी तोकिए पनि सुनुवाइ हुन सकेन ।



लामिछाने संलग्न बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पेशी तोके पनि सुनुवाइ गर्न नसकेको हो । न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

तर, इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट