

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।
बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो । विपक्षमा ११ मत परेको थियो । यस्तै एक सांसद तटस्थ बसेका थिए ।
कूल ४० सदस्यीय प्रदेश सभामा मत विभाजनका क्रममा ३५ सांसद उपस्थित थिए । प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन् ।
कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।