नाउपा विवाद : रञ्जिताले गरिन् सुदूरपश्चिम संसदीय दलका नेतालाई कारबाही-Sutra News

नाउपा विवाद : रञ्जिताले गरिन् सुदूरपश्चिम संसदीय दलका नेतालाई कारबाही

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रदेश सरकारलाई लिएर विवाद चलिरहेको बेला पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेकी छिन् ।



पार्टीका विभिन्न बैठकहरुमा बोलाउँदा नआएपछि स्पष्टीकरण सोधेकी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएको भन्दै तीन महिनाका लागि निलम्बन गरेकी हुन् । पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

यसअघि अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई जिम्मेवारी दिएकी थिइन् । घनश्याम चौधरी पार्टीका संस्थापक रेशम चौधरी निकट मानिन्छन् ।

पछिल्लो कारबाहीसँगै सुदूरपश्चिममा प्रदेश सरकार गठनको विषय थप पेचिलो बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट