‘शालिनको मृत्युमा झुण्डिएको पुष्टि, बलात्कार भएको देखिएन’-Sutra News

‘शालिनको मृत्युमा झुण्डिएको पुष्टि, बलात्कार भएको देखिएन’

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । चितवनको रत्ननगर नगरपलिका १० स्थित एकता शिशु निकेतन विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पुष्टि भएको छ ।



त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट सार्वजनिक भएसँगै बलात्कार नभएको पुष्टि भएको हो ।

पोस्टमार्टम रिपोर्टले शालिनको बलात्कार भएको पुष्टि नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको मृत्युको कारण प्रष्टसँग ‘ह्याङ्गिङ’ भन्ने छ । अर्थात्, उनको मृत्युको कारण आत्महत्या (झुण्डिएको) भन्ने पोस्टमार्ट रिपोर्टमा देखिएको छ ।

गत शनिबार बिहान १० बजेको समयमा एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिनको शव फेला परेको थियो । अर्की साथीसहित बस्ने होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीको सहयोग लिएर झुण्डिएको अवस्थामा उनी मृत भेटिएकी हुन् ।

शालिनको मृत्युपछि आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । उनीहरू प्रहरीको हिरासतमा छन् ।

बालिकाको मृत्युबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट