इलाममा करेण्ट लागेर एक जनाको मृत्यु-Sutra News

इलाममा करेण्ट लागेर एक जनाको मृत्यु

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । इलाममा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । विजुलीको काम गर्ने क्रममा करेण्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।



इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका ८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेण्ट लागेको थियो ।

कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट