एक अर्ब भ्रष्टाचारको मुद्दामा पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर-Sutra News

एक अर्ब भ्रष्टाचारको मुद्दामा पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



उनीहरूविरुद्ध आयोगले करिब एक अर्बको बिगो दाबी माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले पूर्व अध्यक्षद्वय खनाल र झासहित तत्कालीन निर्देशक आनन्दराज खनाल, हालका निर्देशक दीपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्रलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट